मन्त्री सुदन किरातीले आफ्नो कुरा कसैले नबुझ्ने भन्दै गुनासो

सहयात्रा टिभी

काठमाडौं । पुस १५, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफ्नो कुरा कसैले नबुझ्ने भन्दै गुनासो गरेका छन् ।

नेपाल पर्यटन बोर्डको २५ औं वार्षिकोत्सवका अवसरमा बोल्दै उनले भने, ‘मेरो कुरा कसैले पनि बुझ्दैन, त्यसैले पीडा हुन्छ ।’
उनले यो विषय रैथाने पर्यटन प्रवर्द्धन गर्ने सन्दर्भमा उल्लेख गरेका हुन् ।

आफूले नेपालीपनको पर्यटन नेपालमा विकास गर्नुपर्छ भन्दै आएको भन्दै उनले भने, ‘नेपालको प्रकृति भव्य छ, संस्कृति भव्य छ, संस्कृति र प्रकृतिको समायोजनबाट हुने पर्यटन नेपालीपनको हुन्छ ।’

यो स्थानीय स्वाद र स्वामित्वसहितको हुनुपर्ने भन्दै उनले काठमाडौंमा मात्र विकास गरेर पर्यटनको विकास नहुने बताए ।

 

प्रकाशित : 31 December, 2023

प्रतिक्रिया दिनुहोस्