तराईका केही स्थानमा हुस्सु र कुहिरो

सहयात्रा टिभी

काठमाडौँ । पुस १७, नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहेको छ ।

यस्तै तराई क्षेत्रका केही स्थानमा हुस्सु तथा कुहिरो लागिरहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

हुस्सु र कुहिरो तथा हिमपातका कारण चिसो बढ्ने भएकाले यसबाट बच्च आवश्यक उपाय अपनाउन विभागले सबैमा अनुरोध गरेको छ । आज सूर्योदय बिहान ६ बजेर ५५ मिनेट र सूर्यास्त साँझ ५ बजेर २० मिनेटमा हुनेछ ।

प्रकाशित : 2 January, 2024

प्रतिक्रिया दिनुहोस्