न्याय परिषदद्धारा ३९ जनालाई न्यायाधीश बनाउन नाम सिफारिस

सहयात्रा टिभी

काठमाडौं । पुस १८, न्याय परिषदले उच्च अदालतका न्यायाधीशमा नियुक्ति गर्न ३९ जनाको नाम सिफारिस गरेको छ।

आज बसेको बैठकले जिल्ला अदालतका २६ न्यायाधीश, न्याय, कानुन र सरकारी वकिलबाट ४ कर्मचारी र ९ वकिललाई उच्च अदालतको न्यायाधीश बनाउन सिफारिस गरिएको परिषद् सचिवालयले जनाएको छ।

यसअघि बनाएको मापदण्डलाई स्थगित गरी न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको परिषद् स्रोतले बतायो।

यसअघि उच्च अदालतको न्यायाधीशका लागि कार्यसम्पादनमा अब्बल भएका जिल्ला न्यायाधीश र विशेष श्रेणीका कर्मचारीलाई वरिष्ठताका आधारमा, वर्षमा पाँच वटाका दरले कम्तीमा सय वटा मुद्दामा बहस गरेका र तीन वर्षसम्म निरन्तर आयकर तिरेका अधिवक्ताहरूले आवदेन दिन पाउने मापदण्ड तय गरिएको थियो।

 

प्रकाशित : 3 January, 2024

प्रतिक्रिया दिनुहोस्