सुन तोलामै १३ सय रुपैयाँले घट्यो

सहयात्रा टिभी

काठमाडौँ । पुस १९, सुनको मूल्य तोलामै १३ सय रुपैयाँले घटेको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाला सुनको मूल्य तोलाको १ लाख २० हजार ८ सय रुपैयाँ थियो ।

तेजावी सुन पनि तोलामा ६ सय रुपैयाँले घटेको महासंघले जनाएकाे छ । बुधबार तेजावी सुन प्रतितोला १ लाख २० हजार २ सय रुपैयाँमा कारोबार हुँदा आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ९५० रुपैयाँ छ । चाँदी पनि तोलामा ३० रुपैयाँले घटेको महास‌ंघले जनाएकाे छ । बुधबार प्रतितोला १४५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १४२० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रकाशित : 4 January, 2024

प्रतिक्रिया दिनुहोस्