एमालेले राष्ट्रियसभा चुनाव हुने सबै १९ पदमै उम्मेदवारी दिने निर्णय

सहयात्रा टिभी

काठमाडौं । पुस २२, नेकपा एमालेले राष्ट्रियसभा चुनाव हुने सबै १९ पदमै उम्मेदवारी दिने निर्णय गरेको छ । नेकपा एमालेले बागमती प्रदेशमा राष्ट्रियसभाका उम्मेदवार टुंगो लगाएको छ ।

११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि दोलखाकी रोचकुमारी चौलागाईं, काठमाडौंका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका निर्मल पौडेलको नाम टुंगो लगाएको एमालेको बागमती प्रदेश उपसचिव भक्त लामाले जानकारी दिइन् ।

राष्ट्रियसभा चुनावका लागि २३ पुसमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।

 

 

प्रकाशित : 7 January, 2024

प्रतिक्रिया दिनुहोस्