आजको तरकारी तथा फलफूलको मूल्यसूची
काठमाडौँ । पुस २४, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
समितिकाअनुसार आज हरियो अंगुरको मूल्य प्रतिकेजी २२० रुपैयाँ निर्धारण भएको छ । यस्तै, कालो अंगुर ३२०, केरा दर्जनको १३०, अनार केजीको ३००, किबी २५०, एभोकाडो २५०, अमला ८० र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यसैगरी, नेपाली ठूलो गोलभेडा ४०, लोकल सानो गोलभेडा १०, अदुवा १५०, रातो आलु ३३, रातो भारतीय आलु ३० रुपैयाँमा कारोबार हुँदा स्थानीय काउली २५, कागती १२०, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ६०, अकबरे हरियो खुर्सानी ५५० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
लोकल गाजर प्रतिकेजी ३५ रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा ३०, लोकल सेतो मूला र रातो मूला १०, लोकल घिउ सिमी ४०, राजमा घिउ सिमी ८०, हरियो फर्सी लाम्चो २०, डल्लो हरियो फर्सी ३० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ । यस्तै, तोरीको साग ४०, रायो साग ३०, चम्सुर, पालुँगो, मेथी र सौफको साग ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
परबर १३०, गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ८५, चाइनिज प्याज ६०, हरियो प्याज ९० र पुदिना २२०, ब्रोकाउली ४०, चाइनिज सुकेको लसुन २५०, हरियो लसुन ११०, नेपाली सुकेको लसुन २६० रुपैयाँमा किनबेच भएको छ । डल्ले भान्टा ४०, लाम्चो भान्टा ३० र हरियो धनियाँ १०० रुपैयाँ पाइने समितले जनाएको छ ।