केपी ओली प्रचण्ड माधव नेपाल एमाले


माइतीघर मण्डलमा प्रदर्शन गरेका डा. गोविन्द केसी पक्राउ

सहयात्रा टिभी

काठमाडौं । पुस २४, चारबुँदे माग राख्दै माइतीघर मण्डलमा प्रदर्शन गरेका डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । डा. केसीले विगतमा भएका सहमति पालना गनुपर्ने, निषेधित क्षेत्र हटाउनुपर्ने, संक्रमणकालीन न्याय प्रक्रिया तत्काल टुंगोमा पुर्‍याउनुपर्ने र चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको नियुक्ति अगाडि बढाउनुपर्ने माग अघि सारेका छन् ।

मुखमा टेप लगाएका उनले हातमा आफ्ना मागहरु राखिएको प्ले कार्ड बोकेका थिए । तर निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

 

 

प्रकाशित : 9 January, 2024

प्रतिक्रिया दिनुहोस्