केपी ओली प्रचण्ड माधव नेपाल एमाले


हुम्लामा जहाजको प्रतीक्षा गर्दागर्दै एक सुत्केरीको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । पुस २४, जहाजको प्रतीक्षा गर्दागर्दै हुम्लाको ताजाकोट गाउँपालिका– ५ की २३ वर्षीय अंशु बुढाको मृत्यु भएको हो।

बाजुरा जिल्लाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारका क्रममा सोमबार राति १० बजे बुढाको मृत्यु भएको हो।

पुस १२ गते ताजाँकोट गाउँपालिकाको मदना स्वास्थ्य चौकीमा सुत्केरी भएकी बुढाको स्वास्थ्यमा जटिलता देखिएपछि परिवारले थप उपचारका लागि मदना स्वास्थ्य संस्थामा लगेका थिए।

सुत्केरी भएको ११ दिनपछि बुढाको स्वास्थ्यमा श्वास–प्रश्वाससम्बन्धी समस्या देखिएपछि थप उपचारका लागि स्वास्थ्य संस्था लगिएको मृतका ससुरा जितबहादुर बुढाले बताए।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर रञ्जित शाहका अनुसार उपचारका क्रममा सोमबार राति १० बजे उनको मृत्यु भएको हो। डा शाहले भने,सुत्केरी अवस्थामा सामान्यतया अक्सिजनको मात्रा ९५ भन्दा माथि हुनुपर्छ।

कोल्टी पुग्दा उनको अक्सिजन ४९ मात्रै थियो। दुर्गम क्षेत्रमा जोखिम परेका विपन्न समुदायका गर्भवती तथा सुत्केरी महिलाको समयमै हवाई उद्धार गर्न राष्ट्रपति महिला उत्थान कार्यक्रम भए पनि पहुँच नपुगेपछि अकालमै बुढाले ज्यान गुमाएकी हुन।

प्रकाशित : 9 January, 2024

प्रतिक्रिया दिनुहोस्