कानुन समितिकाे बैठक बस्दै, प्रधानमन्त्रीले भारतसँगको समझदारीबारे प्रष्ट पार्ने

सहयात्रा टिभी

काठमाडौँ । पुस २५, संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको २०औँ बैठक आज बस्दैछ । बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बिहान ११ बजे बस्ने बताइएको छ ।

समितिका सचिव अधि राज राईका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित हुने छन् । प्रधानमन्त्री दाहालले भारतीय विदेश मन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाल र भारतबीच भएका सम्झौताका विषयमा समितिसमक्ष जानकारी गराउने कार्यसूची रहेको छ ।

विशेष गरी भारतीय विदेशमन्त्री डा. एस जयशंकरको नेपाल भ्रमणका क्रममा भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको परियोजना सिधै समुदायमा सञ्चालन गर्न सक्ने सम्झौतालाई लिएर सरकारको आलोचना भइरहेको छ । सोही विषयमा प्रधानमन्त्री दाहालले समिति र सांसदहरूलाई प्रष्ट पार्न लागेका हुन् ।

गत शुक्रबार परराष्ट्रमन्त्री स्तरीय नेपाल–भारत संयुक्त बैठकमा सहभागी हुन नेपाल आएका विदेशमन्त्री जयशंकर र परराष्ट्रमन्त्री एनपी साउदको उपस्थितिमा विद्युत व्यापारलगायत विभिन्न ४ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

प्रकाशित : 10 January, 2024

प्रतिक्रिया दिनुहोस्