भीमदत्त नगरपालिकाका वडाध्यक्ष मृत भेटिए

सहयात्रा टिभी

धनगढि । पुस २६, कञ्चनपुरको भीमदत्त नगरपालिकाका वडाध्यक्ष मृत फेला परेका छन् । भीमदत्त नगरपालिका-६ का वडाध्यक्ष महेन्द्र खड्का मोटरसाइकलसहित आज बिहान मृत अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले म१प ४८५२ नम्बरको मोटरसाइकल चढेका खड्का आज बिहान मृत भेटिएको बताए । उनकाअनुसार वडाध्यक्ष थापा दुर्घटनाग्रस्त अवस्थामा देखेपछि स्थानीयले बिहान प्रहरीलाई खबर गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित : 11 January, 2024

प्रतिक्रिया दिनुहोस्