रामबहादुर बमजनलाई जिल्ला अदालत सर्लाही लगियो

सहयात्रा टिभी

काठमाडौं । पुष २६, तपश्वीको भेषमा विभिन्न आश्रममा अपराधको श्रृंखला मच्चाएका रामबहादुर बमजनलाई जिल्ला अदालत सर्लाहीमा लगिएको छ।

बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले बमजनलाई म्याद थप गर्नको लागि अदालतमा लगिएको एसपी प्रविण धितालले जानकारी दिए।

सर्लाहीकी रिता बोटेलाई बेपत्ता बनाएको आरोप उनीमाथि छ। बमजनविरूद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले मंगलबार राति साढे ७ बजे बुढानिलकण्ठ नगरपालिका-६ हात्तिगौडास्थित उनको घरबाट पक्राउ गरेको थियो।

उनलाई बिहीबार सिआइबीले सार्वजनिक गरेको थियो। बुधबार नै हवाइ माध्यम मार्फत लग्ने प्रयास प्रहरीको थियो। तर टिकट नपाएपछि स्थलमार्गमार्फत राति सर्लाही पुर्‍याइएको थियो।

हवाइमाध्यममार्फत लग्न नसकिएपछि राति गाडीमा सर्लाही पुर्‍याइएको सिआइबीका एसपी नवराज अधिकारीले जानकारी दिए।

 

प्रकाशित : 11 January, 2024

प्रतिक्रिया दिनुहोस्