इतिहास भइसकेको राजतन्त्र फर्किने कुनै सम्भावना छैन : अध्यक्ष नेपाल

सहयात्रा टिभी

काठमाडौं । पुष २६, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले इतिहास भइसकेको राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताएका छन् ।

टिकापुरमा नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनमा बोल्दै नेपालले राजतन्त्र फर्काउन केही व्यक्तिले खुट्टा उचालिरहेको बताउँछदै त्यो सम्भव नभएको दाबी गरेका हुन् ।

नेपालले फेरि दास बनाउने कुरा स्वीकार नहुने बताउदै बरू अहिलेकै व्यवस्थामा रहेर विकल्प खोज्न सकिने बताए ।

“एउटा पार्टी ठीक छैन भने अर्को आउँछ एउटा नेता ठीक छैन भने अर्को नेता आउँछ तर फेरि दास बनाउने कुरा स्वीकार्य हुदैन् ।’ उनले भने ।

नेपालले रेशम चौधरी टीकापुर घटनामा प्रत्यक्ष रुपमा नरहेको दाबी समेत गरे ।

प्रकाशित : 11 January, 2024

प्रतिक्रिया दिनुहोस्