प्युठानका सोनु सुनारको युक्रेन रुस युद्धमा मृत्यु

काठमाडौं । पुष २६, रसियन सेनामा भर्ना भएका प्युठानका एक युवकको मृत्यु भएको छ ।
प्युठान नगरपालिका वडा नं.४ काठेवर निवासी सोनु सुनारको युक्रेन रुस युद्धमा मृत्यु भएको खबर आएको उनका छिमेकी खगेश्वर थापाले जानकारी दिए ।
सोनुसँगै रहेका र अहिले घाइते भएका एक जना नेपालीले उनको मृत्युको खबर दिएको थापाले बताए । थापाले यसबारेमा परराष्ट्र मन्त्रालयमा जानकारी गराएको बताए ।
खगेश्वरका अनुसार दुई वर्षदेखि दुबईमा कार्यरत सोनु केही महिनाअघि उतैबाट रुस गएका थिए ।