सरकारले निर्माण व्यवसायीलाई गर्नुपर्ने भुक्तानी गर्न तत्काल तयार

सहयात्रा टिभी

काठमाडौं । पुस २९, विभिन्न आयोजना निर्माणवापत सरकारले निर्माण व्यवसायीलाई गर्नुपर्ने भुक्तानी तत्काल गर्न सरकार तयार भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीलाई गत आर्थिक वर्षमा काम गरेवापत भुक्तानी गर्न बाँकी १ अर्ब ७१ करोड र चालु आर्थिक वर्षको अहिलेसम्मको दायित्व ६ अर्ब ३० करोड रुपैयाँ तत्काल निकासा गर्न अर्थमन्त्रीलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीको निर्देशनपछि भएको छलफलमा अर्थ मन्त्रालयले आइतबार नै भुक्तानीको प्रक्रिया अगाडि बढाउन तयार भएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए ।

 

प्रकाशित : 14 January, 2024

प्रतिक्रिया दिनुहोस्