इनारमा खसेकी महिलाको करिब साढे दुई घण्टापछि उद्धार

सहयात्रा टिभी

काठमाडौं । माघ १, ललितपुरको इमाडोलस्थित इनारमा खसेकी महिलाको करिब साढे दुई घण्टापछि उद्धार गरिएको छ ।

उनलाई उपचारका लागि पाटन अस्पतालमा राखिएको छ । दोलखा घर भई इमाडोलको कृष्ण मन्दिर पछाडि तिर डेरा गरी बस्ने २८ वर्षीया न्युटन प्रधान आज बिहान लुगा सुकाउने क्रममा इनारमाथि चढेको बेला स्लाब फुटेर इनारभित्र खसेकी थिइन् ।

ललितपुरको सातदोबाटो प्रहरी कार्यालयका डिएसपी उमेश जोशीले उनलाई उद्धार गरेर उपचारका लागि पाटन अस्पताल लगिएको जानकारी दिए ।

उनको उद्धारका लागि नेपाल प्रहरी, विपद व्यवस्थापनको टोली र नेपाली सेनाको टोली पनि खटिएको थियो ।

 

 

प्रकाशित : 15 January, 2024

प्रतिक्रिया दिनुहोस्