ज्ञानेन्द्र मल्ल अब एपीएफ क्लबको प्रशिक्षक
काठमाडौं । माघ १, सफल क्रिकेट खेलाडीकोे छवि बनाएका ज्ञानेन्द्र मल्लले आइतबार प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ क्लबको प्रशिक्षकको रुपमा डेब्यू गरे ।
गत साउनमा १८ वर्ष लामो खेल जीवनबाट विश्राम लिएका ज्ञानेन्द्र झण्डै ६ महिनापछि प्रशिक्षकको भूमिकामा आएका हुन् ।
एपीएफले बागमतीलाई ८९ रनको फराकिलो अन्तरले पराजित गर्दा ज्ञानेन्द्रले पहिलो खेलमै सफलता हात पारे । ज्ञानेन्द्र नेपाली क्रिकेटमा धेरै प्राविधिक ज्ञान भएका खेलाडीमा चिनिन्छन् ।
सन् २०१७ मा एपीएफ क्लबबाटै खेलेका ज्ञानेन्द्रले त्यसपछि भने बागमती प्रदेशबाट घरेलु प्रतियोगिता खेलेका थिए । यस हिसाबले दुबै टोली उनका लागि परिचित र भावनात्मक सम्बन्ध जोडिएको टिम हो ।
बागमतीको आन्तरिक रणनीति र टिमलाई नजिकबाट बुझेका ज्ञानेन्द्र यो जितबाट सन्तुष्ट भने छैनन् । एपीएफले २८० कम्तीमा २८० रन बनाउनुपथ्र्यो भन्ने उनलाई लागेको छ ।