स्पीनर सूर्य तामाङको उत्कृष्ट प्रदर्शनमा बागमतीको पहिलो जित

सहयात्रा टिभी

काठमाडौं । माघ २, स्पीनर सूर्य तामाङको उत्कृष्ट प्रदर्शनमा मधेश प्रदेशविरुद्ध ८६ रनको जित निकाल्दै बागमती प्रदेशले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ ।

मूलपानी क्रिकेट मैदानमा जितका लागि १९१ रनको लक्ष्य पछ्याएको मधेशको ब्याटिङ ध्वस्त पार्न बागमतीका सूर्य निकै महत्वपूर्ण रहे । उनले ९ ओभर बलिङ गर्दै ३ मेडनका साथमा ह्याट्रिकसहित ६ विकेट लिएपछि मधेश २९ ओभरमा मात्र १०४ रनमा अल आउट भयो ।

सूर्यले २९ औं ओभरको पहिलो बलमा रुपेश सिंहलाई २ रनमा बोल्ड गरे । दोस्रो बलमा राजेश यादवलाई विकेट किपर रबिन जोशीको हातबाट स्टम्पिङ्ग गराएका सूर्यले तेस्रो बलमा सांसद अन्सारीलाई प्रतिक श्रेष्ठको हातबाट क्याच आउट गराए ।

त्यसपछि २ बल डट फालेका सूर्यले रञ्जितकुमारलाई एलबीडब्लूको धरापमा पार्दै एकै ओभरमा ४ विकेट लिए ।

 

प्रकाशित : 16 January, 2024

प्रतिक्रिया दिनुहोस्