केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपालीमा बढ्दै छ बाँझोपन ? यस्ता छन् ढिलो सन्तान जन्माउनुका खतरा

सहयात्रा टिभी

काठमाडौं । माघ ३, पछिल्लो समय बाँझोपनको समस्या बढ्दै गइरहेको छ। गएको १० देखि १५ वर्ष यताको तथ्याङ्कलाई हेर्दा बाँझोपन साढे दुई गुणाले बढेको पाइएको छ।

अहिलेको समयमा महिला आफ्नो पढाइ र करियरमा व्यस्त हुँदा बाँझोपनाको समस्या बढेको चिकित्सकले बताउने गरेका छन्। ३० वर्ष पुग्दा नै आमा बन्दा राम्रो हुन्छ तर कुनै महिला ३५ वर्ष नाघेर बच्चा जन्माउँदा विभिन्न समस्या आउने, डिम्बाशय कम उत्पादन हुने र पछिसम्म धेरै असर गर्ने गाइनोक्लोजिष्ट डा. नूतन शर्मा बताउँछिन् ।

बाँझोपनको समस्या के कारणले गर्दा हुन्छ ?

बाँझोपनको प्रमुख कारणका रूपमा ढिलो विवाह गर्नु रहेको देखिन्छ। नेपालमा यो पछिल्लो समय एकदमै धेरै बढिरहेको छ किनभने महिला आफ्नो भविष्यको चिन्ता गर्न थालेका छन्।

विवाह र बालबच्चा भन्दा पनि आफ्नो भविष्य बनाउन लाग्दा यो विषय ओझेलमा परेको छ। अहिले २८–३० वर्षपछि मात्र विवाह गर्ने, विवाहपछि पनि लामो समयसम्म सन्तानको योजना नबनाउने, आकस्मिक गर्भ निरोधक चक्की प्रयोग गर्ने, गर्भपतन गर्ने जस्ता कुराले पनि गर्भधारणमा समस्या निम्त्याउँछ।

तर पहिलाको समयमा केटी मान्छेको जीवन विवाह र बच्चा जन्माउनमै जान्थ्यो। प्रत्येक केटी मान्छेले जन्मदेखि नै फिक्स अण्डा लिएर आएको हुन्छ। त्यो प्रत्येक महिनामा घट्दै जान्छ।

त्यसैले बच्चा पाउने सही उमेर भनेको २२ देखि ३० वर्ष हो। ३० वर्ष कटेपछि पहिलो बच्चा जन्माउनु खतरा हुन्छ। पाठेघरमा पनि ट्युमर हुने सम्भावना हुन्छ।

बाँझोपनको समस्या कसरी कम गर्न सकिन्छ ?

यसको लागि समयमा विवाह गर्ने र समयमा नै बच्चा जन्माउने गर्नुपर्दछ। बिजी नै भएर अहिले बच्चा नजन्माउने हो भने २७–२८ वर्षमा नै अन्डा निकालेर फ्रिज गर्नुपर्ने डा.शर्माको सुझाव छ ।

त्यसलाई राखेर पाँच वर्षपछि पनि बच्चा राख्न सकिन्छ। त्यसैले केटी मान्छेले सबै भन्दा पहिला बच्चा जन्माउन प्राथमिकता दिनुपर्छ।

के हो बाँझोपन ?

बाँझोपन एक मानसिक रोग हो जसले व्यक्ति बाल जन्माउन सक्दैनन्। यो रोग पुरुष र महिला दुबैका कारणले हुन्छ। विवाहपछि महिला र पुरुषले कुनै पनि परिवार नियोजनको अस्थायी साधन प्रयोग नगरी यौन सम्पर्क गर्दा, करिब १ वर्षसम्मको समयावधिमा पनि बच्चा नभएको अवस्थालाई बाँझोपन भनिन्छ । बाँझोपनको उपचार विभिन्न तरिकाहरूमा गरिन्छ, जसमा ओभुलेशनमा समस्या, पाठेघर वा फ्लोपियन ट्युबमा समस्या र शुक्राणु उत्पादन कार्यमा समस्याहरू समावेश छन् । बाँझोपनको उपचार गर्न चिकित्सकलाई भेट्नुपर्ने छ । यसको उपचार नगरेका भए यो रोग जीवनभर रहन सक्छ ।

प्रकाशित : 17 January, 2024

प्रतिक्रिया दिनुहोस्