केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सहकारी समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीद्धारा निर्देशन

सहयात्रा टिभी

काठमाडौं । माघ ३, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीसम्बन्धी समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् ।

 

बालुवाटारमा बुधबार भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले सम्बन्धित मन्त्रालयसहितका निकायलाई उक्त निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सहकारीलाई समाजवादको भ्रुण खडा गर्ने, सामूहिकता र तल्लो वर्गको हितमा केन्द्रित गर्नेगरी ऐनमा नै व्यवस्था हुनुपर्ने बताए ।

सहकारी समस्या समाधानको दीर्घकालीन र तत्कालीन उपाय अपनाएर सहकारीहरुलाई व्यवस्थित बनाउनुपर्ने उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले सहकारीको समस्या समाधानका सम्बन्धमा तत्कालीन र दीर्घकालीन ढंगले आवश्यक गृहकार्य गर्न भूमि व्यवस्था सहकरी तथा गरिबी निवारण मन्त्रालय र अन्य सरोकारवाला निकायलाई निर्देशन दिए ।

सहकारीको अनुगमनका लागि प्रभावकारी नियामक निकाय बनाउनुपर्ने विषयमा आफ्नो ध्यान गएको उनले बताए ।

 

प्रकाशित : 17 January, 2024

प्रतिक्रिया दिनुहोस्