केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पर्यटन प्रवर्द्धनका लागि सम्पदा गाउँ निर्माण अभियान सुरू

सहयात्रा टिभी

काठमाडौं । माघ ३, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन प्रवर्द्धनका लागि सरकारले सम्पदा गाउँ निर्माण अभियान सुरू गरेको बताएका छन् ।

बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले नेपालमा पर्यटन प्रवर्द्धनका लागि ६० वटा भन्दा बढी पुराना गाउँको खोजि कार्य अघि बढाएको बताए । उनले पुराना गाउँ नयाँ पर्यटन गन्तव्य बन्ने बताए ।

उनले सांस्कृतिक गाउँ निर्माण, नयाँ सम्पदा निर्माण अघि बढाउन कार्यविधिको ड्राफ्ट नै तयार पारिसकेको दाबी गरे । उनले आफूले मन्त्रालय सम्हालेको एक वर्ष पूरा भएपछि उच्चस्तरीय कार्यक्रमतिर प्रवेश गर्ने बताए ।

उनले पर्यटन ऐन, संस्कृति ऐन लगायतका थुप्रै नीति निर्माण गर्नुपर्ने भएकाले मन्त्रालयले अहिले ऐन निर्माणका लागि आवश्यक काम गरिरहेको बताए ।

मन्त्री किराँतीले ठूलो पर्यटन क्षेत्रमा फड्को मार्न सक्ने नयाँ नीति, नयाँ योजना र नयाँ कार्यक्रमसहित अब मन्त्रालय अघि बढ्ने बताए ।

 

प्रकाशित : 17 January, 2024

प्रतिक्रिया दिनुहोस्