धरानमा सुर्तीजन्य पदार्थ बिक्री, भणडार र कारोबारमा प्रतिबन्ध

सहयात्रा टिभी

काठमाडौं । माघ ५, धरान उपमहानगरपालिकामा सुर्तीजन्य पदार्थ बिक्री, भणडार र कारोबारमा प्रतिबन्ध लगाइएको छ ।

धरान उपमहानगरले नगरभित्र सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको धरानका मेयर हर्क साम्पाङले बताए ।

उनका अनुसार प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा निषेध गरिएको छ ।

कसैले बिक्री वितरण गरेको पाइए नगर प्रहरीमार्फत त्यस्ता किसिमका सामग्री जफत गरी कारबाही गरिने सूचनामा उल्लेख छ ।

 

प्रकाशित : 19 January, 2024

प्रतिक्रिया दिनुहोस्