केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चलचित्र विकास बोर्डलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

सहयात्रा टिभी

काठमाडौँ । माघ ८, लण्डनमा आयोजना हुन लागेको कार्यक्रममा चलचित्र विकास बोर्डको सहभागिता रोक्न निर्देशनको माग गर्दै सदस्य केएल बुढाथोकीले शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उजुरी दिए ।

उक्त कार्यक्रममा बोर्ड अध्यक्ष भुवन केसी र अन्य पदाधिकारीको सहभागिता रोक्न उनले माग गरेका छन् । यो उजुरीउपर मन्त्रालयले विकास बोर्डलाई आइतबार पत्र लेख्दै यसबारे भएको के हो खुलाएर जवाफ दिन भनेको छ ।

मन्त्रालयका सहप्रवक्ता तथा बोर्डका पूर्वसदस्य-सचिव विशाल सापकोटाका अनुसार मन्त्रालयले यसबारे स्पष्ट पारिदिनु भन्दै बोर्डलाई पत्र लेखेको हो । मन्त्रालयको पत्रको जवाफ अब बोर्डले दिनुपर्नेछ ।

बुढाथोकीले मन्त्रालयमा पेश गरेको पत्रमा कार्यक्रमको आयोजक संस्था इन्टरनेसनल डेल्फिक काउन्सिल नेपालको आर्थिक पारदर्शिता र उद्देश्यमाथि प्रश्न उठाएका छन् ।

उक्त संस्थाले ‘नेपाली चलचित्रको ६ दशक, चुनौतीहरु र अन्तर्राष्ट्रिय बजारको खोजी’ नामक कार्यक्रम लण्डनमा माघ ६ देखि ११ गतेसम्म गर्ने जनाइएको पत्रमा उल्लेख छ ।

 

प्रकाशित : 22 January, 2024


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्