न्यूरोड क्षेत्रमा आजबाट ‘नो पार्किङ’

सहयात्रा टिभी

काठमाडौं । माघ ९, काठमाडौंको न्यूरोड क्षेत्रलाई काठमाडौं महानगरले पार्किङ निषेध गरेको छ । न्युरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङमा लगाइएको हो । महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने जनाएको छ ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले विकल्पमा काठमाडौं टावरमा तीन सयवटा चारपांग्रे र सात सयवटा दुईपांग्रे सवारी साधन पार्किङ गर्न सकिने जानकारी दिए । धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्रे सडकमा पार्किङ निषेध गरिएको महानगरले जनाएको छ ।

प्रकाशित : 23 January, 2024

प्रतिक्रिया दिनुहोस्