सडक व्यापारीले गरे काठमाडौं महानगरको अगाडि प्रदर्शन

सहयात्रा टिभी

काठमाडौँ । माघ ९, काठमाडौंका सडक व्यापारीहरूले काठमाडौं महानगरको कार्यालय अगाडि प्रदर्शन गरेका छन्।

शान्तिवाटिकादेखि र्‍याली निकालेर उनीहरूले काठमाडौं प्लाजास्थित काठमाडौं महानगरको कार्यालयमा प्रदर्शन गरेका हुन्।

आइतबार सुन्धारा र रत्नपार्कमा फुटपाथ व्यापार गर्ने क्रममा व्यापारीको सामान महानगर प्रहरीले जफत गरेको र एक जना महिलामाथि हातपात गरी कपडा समेत च्यातेको विषयमा व्यापारीले प्रदर्शन गरेका हुन्।

नेकपा एमालेको भ्रातृ संगठन जिफण्ट अन्तर्गत नेपाल सो-रोजगार श्रमिक संघ, नेकपा एकीकृत समाजवादी पार्टी निकट ट्रेड युनियन महासंघ लगायत प्रदर्शनमा सहभागी छन्।

 

प्रकाशित : 23 January, 2024

प्रतिक्रिया दिनुहोस्