संसारभरी नै सत्ताका लागि मारामार छ : देउवा

काठमाडौँ । माघ १०, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसारभर नै सत्ताका लागि मारामार भएको बताएका छन्।
सत्ता सबलाई आवश्यक पर्ने भन्दै उनले सत्ताका लागि चुनाव जित्नुपर्ने बताए। ‘सत्ता सबैलाई आवश्यक छ, सत्ताका लागि संसारभरी नै मारामार छ,’ उनले भने, ‘चुनाव लड्नुपर्छ, जनतामा जानुस्, जनतालाई सम्पर्क गर्नुस्।’
नेपाली कांग्रेस कास्कीको सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै देउवाले अहिलेको संविधान अनुसार कुनै पनि पार्टीको बहुमत आउन नसक्ने दाबी गरे।
कसैको बहुमत नआउने भएकाले नै अन्य दलसँग चुनावी गठबन्धन गर्नुपरेको उनको भनाइ छ।
‘अहिलेको संविधान अनुसार कुनै पार्टीको बहुमत आउन सक्दैन, कुनै न कुनैसँग गठबन्धन गर्नैपर्ने हुन्छ,’ उनले भने, ‘गठबन्धन गर्न नपर्ने तरिकाले जित्ने पार्टी बनाउनुस् न।’