केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गण्डकीमा सुरु भयो मतदान : पोखराका मेयर आचार्यले दिए मत

सहयात्रा टिभी

पोखरा । माघ ११, राष्ट्रियसभा उपनिर्वाचन अन्तर्गत गण्डकीमा मतदान सुरु भएको छ । सबैभन्दा पहिलो मतदाताका रूपमा पोखराका मेयर धनराज आचार्य र प्रदेशसभा सदस्य भीम कार्कीले मतदान गरेका छन् । उनीहरूले मतदानको सुरुमै मत खसाएका हुन् । आचार्य एकीकृत समाजवादीबाट निर्वाचित भएका हुन् भने कार्की एमालेबाट निर्वाचित भएका हुन् ।

गण्डकी प्रदेशमा गठबन्धनबाट अन्यतर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ र अपाङ्गतातर्फ पदम परियार चुनावी प्रतिस्पर्धामा छन् भने महिलातर्फ माओवादीकी मनरुपा शर्मा सुवेदीले मैदानमा पठाएको छ । एमालेबाट महिलातर्फ सम्झना देवकोटा, अन्यतर्फ चक्रबहादुर पराजुली र अपाङ्गतर्फ हेमन्त शेरचना चुनावी मैदानमा छन् भने राप्रपाले पनि अन्यतर्फ रोमबहादुर भण्डारी र महिलातर्फ गोममाया श्रेष्ठलाई अगाडि सारेको छ । अन्यतर्फ श्रेष्ठ, पराजुली र भण्डारीको प्रतिस्पर्धा हुने छ भने महिलातर्फ सुवेदी, देवकोटा र श्रेष्ठ भिड्ने छन् । अपाङगतर्फ परियार र शेरचनाबिच प्रतिस्पर्धा हुने छ ।

प्रकाशित : 25 January, 2024

प्रतिक्रिया दिनुहोस्