केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बालेनसहित बागमतीमा ५ जना मतदाता अनुपस्थित

सहयात्रा टिभी

काठमाडौं । माघ ११, राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बागमती प्रदेशको रिक्त हुने ४ सिटका लागि भएको मतदानमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन )सहित  ५ जना मतदाता अनुपस्थित भएका छन् ।

 

हेटौंडा उपमहानगरपालिका-४, स्थित भुटनदेवी माविमा भएको निर्वाचनमा बागमती प्रदेशसभाका २ र स्थानीय तहका ३ गरी ५ जना मतदाता अनुपस्थित भएका निर्वाचन अधिकृत कार्यालयले जानकारी दिएको छ ।

११० सदस्यीय बागमती प्रदेश सभातर्फ १०८ जना प्रदेश सभाका सदस्यहरुले मतदान गरेका छन् । स्थानीय तहका २३७ जना मतदातामा २३४ जनाले मतदान गरेका छन् ।

निर्वाचनको नतिजा मतभारका आधारमा टंगो लाग्नेछ । मतदाता रहने प्रदेश सभा सदस्यको ५३ मतभार र स्थानीय तह प्रमुखरउपप्रमुख तथा अध्यक्षरउपाध्यक्षको मतभार १९ हुनेछ ।

मतदान सम्पन्न भएकाले मतगणनाको काम अगाडि बढाइएको निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिए । मतपरिणाम आजै आउने उनले बताए ।

प्रकाशित : 25 January, 2024

प्रतिक्रिया दिनुहोस्