केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुदूरपश्चिमलाई हराउँदै बागमतीको फाइनल पुग्ने संभावना

सहयात्रा टिभी

काठमाडौं । माघ ११, सुदूरपश्चिम प्रदेशलाई ९७ रनले हराउँदै बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनल पुग्ने संभावना कायम राखेको छ ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा जितका लागि २४८ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेश ३०.३ ओभरमा १५० रनमा अल आउट भयो ।

सुदूरका नरेन भट्ट र किरण ठगुन्नाले समान ४१ रन बनाए पनि टिमको फराकिलो हार टार्न सकेनन् । बागमतीका सूर्य तामाङ र विपिन आचार्यले समान ३ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले ५० ओभरमा ९ विकेट गुमाउँदै २४७ रन बनायो । बागमतीका ओपनर आशुतोष घिरैयाले ६२ बलमा ६ चौका र ३ छक्कासहित ५४ रन बनाए ।

१० टिम सहभागी प्रतियोगिताम राउण्ड रोबिन लिगपछि शीर्ष २ ले फाइनल खेल्ने छन् ।

 

प्रकाशित : 25 January, 2024

प्रतिक्रिया दिनुहोस्