केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स्वतन्त्रका तीनै जना मेयरहरुले गरे राष्ट्रियसभा निर्बाचन बाहिस्कार

सहयात्रा टिभी

काठमाडौं । माघ ११, स्वतन्त्रका तीनै जना मेयरहरुले राष्ट्रियसभा सदस्यका लागि आज भएको निर्बाचन बाहिस्कार गरेको जानकारी प्राप्त भएको छ ।

चुनावमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह, धरान उपमहानगरका मेयर हर्क साम्पाङ र धनगढी उपमहानगरका मेयर गोपी हमालले मतदान गरेनन् ।

राष्ट्रियसभा सदस्य चुनावमा साम्पाङको मतदान केन्द्र विराटनगर थियो । उनले कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा दुई पदका निम्ति मतदान गर्नुपर्ने थियो । तर उनी विराटनगर नै गएनन् ।

हैटौडामा सम्पन्न राष्ट्रियसभा चुनावको मतदानमा काठमाडौं महानगरका मेयर बालेन पनि गएनन् । बागमतीमा तीन पदका निम्ति मतदान भएको छ ।

सुदूरपश्चिम प्रदेशबाट तीन पदका निम्ति भएको राष्ट्रियसभा चुनावमा धनगढी उपमहानगरका मेयर हमालले पनि मतदान गरेनन् । धनगढीमै चुनाव भएपनि उनले मतदान नगरेका हुन् ।

गत वर्ष वैशाखमा यी तीनै जनाले स्वतन्त्र उम्मेदवारी दिएर मेयर जितेका थिए । तर आज सम्पन्न राष्ट्रियसभा चुनावमा दलीय उम्मेद्वारहरु छन् ।

राष्ट्रियसभामा प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका पदाधिकारीको १९ मतभार छ ।

 

प्रकाशित : 25 January, 2024

प्रतिक्रिया दिनुहोस्