केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ऋतिक रोशनको फाइटरको पहिलो दिनको कमाई २५ करोड

सहयात्रा टिभी

काठमाडौं । माघ १२, ऋतिक रोशनको फिल्म ‘फाइटर’ ठूलो पर्दामा आएको छ । समीक्षकदेखि दर्शकसम्मले फिल्मको तारिफ गरिरहेका छन् । फाइटरमा ऋतिक रोशन र दीपिका पादुकोणको एक्शन निकै रुचाइएको छ । फाइटरको अग्रिम बुकिङले पनि राम्रो प्रतिक्रिया पाएको थियो ।

यसैबीच, अब ऋतिक रोशन, दीपिका पादुकोण र अनिल कपुर अभिनित यस फिल्मको पहिलो दिनको बक्स अफिस कलेक्शन सार्वजनिक भएको छ । जसमा फाइटरले पहिलो दिनमा राम्रो सुरुवात गरेको छ । तर, २०२३ का धेरै ठूला फिल्मको तुलनामा फाइटरको ओपनिङ भने सानो रहेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार फाइटरले पहिलो दिन २५ करोडको ओपनिङ गरेको छ । यस्तो अवस्थामा ऋतिक रोशनको अघिल्लो एक्शन फिल्म वार र ब्याङ ब्याङको तुलनामा फाइटरको ओपनिङ सानो मानिएको छ ।किनभने, वारले पहिलो दिन ५३ करोडको ओपनिङ गरेको थियो भने ब्याङ ब्याङले पहिलो दिन २७ करोड कमाएको थियो । फाइटर अघि सिद्धार्थ आनन्दले निर्देशन गरेका पठानले पहिलो दिन बक्स अफिसमा ५० करोडभन्दा बढीको ओपनिङ गरेको थियो ।

प्रकाशित : 26 January, 2024


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्