केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विश्वमै पहिलो पटक अमेरिकामा नाइट्रोजन ग्यास सुँघाएर मृत्यु दण्ड दिइयो

सहयात्रा टिभी

काठमाडौं । माघ १२,  एजेन्सी – अमेरिकाको एलाबामा राज्यमा हत्या आरोपमा दोषी ठहर भएका एक व्यक्तिलाई नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको छ ।

५८ वर्षीय केनेथ युजिन स्मिथलाई सन् १९८९ मा एलिजाबेथ सेनेटको हत्यामा दोषी ठहर गरिएको थियो।

विश्वमै नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको यो पहिलो घटना भएको बीबीसीले जनाएको छ । सन् १९८८ को मार्चमा एक हजार डलर पाउने आशमा एलिजाबेथ सेनेटको हत्या गरेको घटनामा स्मिथ र अर्का एक व्यक्ति दोषी ठहर भएका थिए ।

अन्तिम मिनेटको अपिलमा हारेपछि उनलाई नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको हो । स्मिथका वकिलहरूले क्रूर र असामान्य सजाय भन्दै अमेरिकी सर्वोच्च अदालत र पुनरावेदन अदालतमा अपिल गरे पनि अदालतले ती अपिलहरु अस्वीकार गरेको थियो ।

 

प्रकाशित : 26 January, 2024

प्रतिक्रिया दिनुहोस्