बिहारका मुख्यमन्त्री नीतिश कुमारले दिए राजीनामा

सहयात्रा टिभी

काठमाडौं । माघ १४, भारत बिहारका मुख्यमन्त्री नीतिश कुमारले राजीनामा दिएका छन् ।

उनले आज बिहान ११ बजे राज्यपाद राजेन्द्र विश्वनाथ अर्लेकरलाई राजीनामा बुझाएका हुन् । राजीनामा दिएसँगै उनले गठबन्धनबाट अलग हुने घोषणा पनि गरेको बीबीसी हिन्दीले जनाएको छ ।

उनले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै जनता र पार्टीको राय सुनेर राजीनामा दिएको बताए । आगामी योजनाबारे सोधिएको प्रश्नमा उनले भने, ‘म पहिलेका सहयोगीहरुसँग अलग भएर नयाँ गठबन्धनमा गएको थिएँ । बाँकी दलले साथ दिएमा सोच्ने छु ।’

गत हप्ता नै नीतिश कुमारले राजदबाट गठबन्धन तोडेर फेरि भाजपासँग गठबन्धन गर्ने अनुमान गरिएको थियो । नीतिश कुमारले सन् २०२२ को अगष्टमा भाजपाबाट गठबन्धन तोडेर राजदसँग मिलेका थिए ।

 

 

 

प्रकाशित : 28 January, 2024

प्रतिक्रिया दिनुहोस्