केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘नमेटिने घाउ’ चलचित्रमा केपी ओलीको पनि अभिनय

सहयात्रा टिभी

काठमाण्डाै । माघ १५, पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले चलचित्रमा अभिनय गर्नुहुनेभएको छ । अभिनेता रमित ढुङ्गानाको डेब्यु निर्देशन रहने ‘नमेटिने घाउ’ नामको चलचित्रमा ओलीले प्रधानमन्त्रीको भूमिकामा अभिनय गर्न लाग्नुुभएको हो ।

चलचित्रको छायाङ्कन फागुन दोस्रो हप्तादेखि शुरु हुने निर्देशक एवम् अभिनेता ढुङ्गानाले बताउनुुभयो । हिजो ओलीको उपस्थितिमा काठमाण्डौमा चलचित्रको शुभमुहूर्त पनि गरिएको छ । एसिड आक्रमणबाट पीडित बनेकाहरूको कथा समेटेर चलचित्र बन्न लागेको अभिनेता ढुङ्गानाले जानकारी दिनुुभएको छ ।

प्रकाशित : 29 January, 2024

प्रतिक्रिया दिनुहोस्