कोशीमा डा. सरोज कोइरालालाई पुनः नियुक्त दिन ऐन संशोधन

सहयात्रा टिभी

काठमाडौं । माघ १५, कोशी प्रदेश सरकारले प्रदेश लगानी प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा डा. सरोज कोइरालालाई पुनः नियुक्त गर्न अध्यादेशमार्फत ऐन संशोधन गरेको छ ।

आइतबारको मन्त्रिपरिषद् बैठकले प्रदेश लगानी प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा कोइरालालाई थप एक कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको छ ।

उनलाई पुनः नियुक्तिका लागि ६ माघको मन्त्रिपरिषद बैठकले केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गरेको थियो । उक्त अध्यादेशमार्फत सरकारले सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरण ऐन, २०७६ ऐनको दफा ९ (३) संशोधन गरेको थियो ।

साविकको ऐनमा एक कार्यकाल पूरा गरेका व्यक्तिलाई पुनः नियुक्त गर्ने प्रावधान थिएन । कांग्रेस निकट कोइरालालाई पुनः नियुक्त गर्न मुख्यमन्त्री केदार कार्कीले अध्यादेशमार्फत ऐन संशोधन गराएका हुन् ।

 

 

प्रकाशित : 29 January, 2024

प्रतिक्रिया दिनुहोस्