केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाली आकाशबाटै कैलाश मान सरोवरको दुरदर्शन सुरु

सहयात्रा टिभी

काठमाडौं । माघ १५, कैलाश मानसरोवर चीनको तिब्बतमा रहेको हिन्दुधर्मालम्बीहरुको पवित्र तीर्थस्थल हो ।

कोरोना संक्रमणको जोखिम बढेसँगै भारतीय पर्यटकहरुका लागि रोकिएको कैलाश मानसरोवर प्रवेश अझै खुलेको छैन ।

तर माउन्टेन फ्लाइटमार्फत नेपाली आकाशबाटै कैलाश मान सरोवरको दुरदर्शन सुरु भएको छ ।

भारतीय पर्यटक कम्पनी दुर दि टेम्पलले नेपालको पथहिल ट्राभल्ससँग सहकार्य गरेर नेपालगञ्जबाट कैलाश मान सरोवरका लागि माउन्टेन फ्लाइट मार्फत दुरदर्शन सुरु गरेको हो ।

भारतको दिल्ली मुम्बई गुजरात उत्तर प्रदेश लगायत विभिन्न क्षेत्रबाट नेपालगञ्ज आइपुगेका ३८ जना भारतीय पर्यटकहरुको समूहले श्री एयरको चार्टर विमानमार्फत करिब २७ हजार फिटको उचाइबाट कैलाश मानसरोवरको दुरदर्शन गरेका हुन ।

श्री एयरका वरिष्ठ क्याप्टेन प्रफुल्ल वैद्यलगायतको उडान टिमले पहिलो पटक नेपालगञ्जबाट कैलाश मानसरोवरका लागि भरेको माउन्टेन फ्लाइटको अनुगमनका लागि नेपाल नागरिक उड्न प्राधिकरण नेपालञ्ज कार्यालयका प्रमुख सुरेश खनाल सहितको नागरिक उड्डयन प्राधिकरणको टीम पनि सहभागी थियो ।

कोरोना संक्रमण सुरु हुनअघि नेपालगञ्जबाट सिमिकोट हिल्सा हुदै करिब १२ हजार भारतीय पर्यटकहरुले कैलाश मान सरोवरको दर्शन गर्दै आएका थिए ।

 

प्रकाशित : 29 January, 2024

प्रतिक्रिया दिनुहोस्