केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कलाकारले सामाजिक कामका विज्ञापन निःशुल्क गर्नुपर्ने : भुवन केसी

सहयात्रा टिभी

काठमाडौं । माघ १५, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले कलाकारहरुले सामाजिक कामका विज्ञापन निःशुल्क गर्नुपर्ने बताए । कलाकारहरुले विज्ञापनमा काम गर्दा सजग हुनुपर्ने पनि केसीले बताएका छन् ।

सोमबार काठमाडौंमा भएको विज्ञापनमा कलाकारको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले कलाकारहरुले कुन सामग्रीको विज्ञापन गर्ने र कुनको नगर्ने भन्ने विषयमा कलाकार सचेत हुनुपर्ने बताएका हुन् ।

अध्यक्ष केसीले मदिरा, चुरोट लगायत स्वास्थ्यलाई हानी गर्ने वस्तुको विज्ञापनमा कलाकारहरुले अभिनय गर्न नहुने पनि बताए । ‘कुनै मदिरा वा चुरोट वा अरु पनि निषेधित गरिएका विज्ञापनहरु कलाकारहरुले गर्नु हुँदैन । गलत म्यासेज फैलाउने विज्ञापन पनि कलाकारले गर्नु हुँदैन’ उनले भने ।

विज्ञापनदाताले पनि कुन उत्पादनको विज्ञापन गराउने र कुनको नगराउने भन्नेमा सतर्क हुनुपर्ने केसीको धारणा छ । उनले नेपालमा चल्ने कुनैपनि विज्ञापनमा नेपाली कलाकार अनिवार्य हुनुपर्ने पनि बताए ।

 

प्रकाशित : 29 January, 2024

प्रतिक्रिया दिनुहोस्