सेयर बजार परिसूचक नेप्से बढ्यो
सहयात्रा टिभी
काठमाडौं । माघ १५, सेयर बजारको परिसूचक नेप्से २१ सय अंक नाघेको छ । सोमबार १०.२६ अंकले बढेसँगै परिसूचक २१०४ अंकमा कायम भएको हो ।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । हिजो ३ अर्ब ८३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५६ करोड रुपैयाँ बराबरको भयो । कुल १५० कम्पनीको मूल्य बढ्दा ८६ को घट्यो भने ११ को स्थिर रह्यो ।
अन्य समूह सबैभन्दा धेरै १.६४ प्रतिशत बढ्यो भने हाइड्रोपावर १ प्रतिशत बढ्यो । बैंकिङ ०.७४, उत्पादन २.१८ र निर्जीवन बीमा १२.५६ अंक घटे ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप, हाथवे इन्भेस्टमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल पुनर्बीमा कम्पनी क्रमशः अगाडि रहे ।