केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फिल्म खलनायक : सन्जयको ठाउँमा देखिने अनिलको पूरा नभएको इच्छा

सहयात्रा टिभी

काठमाडौं । माघ १५, एक्सन क्राइम फिल्म ‘खलनायक’ नखेलेको भए के सन्जय दत्त ? भनेर प्रश्न गर्नेको पनि जमात छ । यो फिल्ममा गरेको अभिनयबाट सन्जयले समर्थकबीच राम्रो पडक जमाए ।

आजको दिनमा सो फिल्ममा सन्जयबाहेक दोस्रो नायकलाई कसैले सोच्न चाहँदैन । सोही फिल्मको ‘नायक नही खालनायक हु मे’ उनको ‘थिम म्युजिक’ बनेको छ । सन्जयको वास्तविक ‘ब्याडबोइ’ पात्रसँग जोडिएको फिल्म भएर पनि दर्शकले धेरै रुचाए । सन् १९९३ मा प्रदर्शनमा आएको यही फिल्मले सन्जयलाई बलिउडमा नयाँ मुकाम दिलायो ।

फिल्म प्रदर्शनमा आएको तीन दशकपछि निर्देशक सुभाष घईले सन्जय दत्तको स्थानमा अनिल कपुरले खेल्न चाहेको प्रसङ्ग खुलासा गरेका छन् । जसका लागि अनिल फिल्म निर्माणको घोषणापछि सुभाषलाई भेट्न पुगेका थिए । एएनआईसँगको कुराकानीमा घई भन्छन्, ‘मसँग धेरै हिरोले खलनायक फिल्ममा काम गर्ने इच्छा देखाएका थिए । अनिल कपुर पात्रका लागि कपाल खौरन पनि तयार भएका थिए ।’

किन सन्जय ?

खलनायकको मुख्य पात्र सुरुमा आफैँले निर्वाह गर्न चाहेको निर्देशक घई बताउँछन् । तर सन्जयको ‘लुक्स’का अगाडि उनी स्वयंलाई आफू फिक्का लाग्यो । झन् अन्य नायक के फिट हुन सक्थे ? सन्जयलाई नै लिनुको कारण उनको ‘ब्याडबोइ’ चरित्र भएको घई बताउँछन् । उनी थप्छन्, ‘सन्जयको अनुहार निर्दोष देखिन्छ । रिस उठ्यो भने उनी निकै खतरनाक देखिन्छन् । फिल्ममा यिनै दुई अनुहारको आवश्यकता थियो । त्यसैले उसलाई नै लिइयो । यो फिल्ममा सन्जयलाई लिने तयारी गरिरहँदा बलिउडमा घई र अनिलको सहकार्यको खुबै चर्चा थियो । घईको नायक भनेर अनिलको बलिउडमा चर्चा थियो ।

प्रकाशित : 30 January, 2024

प्रतिक्रिया दिनुहोस्