रास्वपाले संसदीय दलको बैठक बोलायो

सहयात्रा टिभी

काठमाडौं । माघ १७, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको बैठक १९ माघ शुक्रबार बिहान ११ बजेदेखि बस्ने गरी बोलाइएको छ ।

संसदीय दलको बैठकका छलफलका एजेण्डामा संसदमा प्रस्तुत हुने विधेयक, संसदमा उठाउने नागरिक मुद्दा र विविध रहेको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले जानकारी दिए ।

संघीय संसदको बैठक २२ माघमा बोलाइएको छ । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा बुझिन्छ ।

प्रकाशित : 31 January, 2024

प्रतिक्रिया दिनुहोस्