ओपनर आसिफ शेखद्धारा कर्णालीविरुद्ध शतक प्रहार

सहयात्रा टिभी

काठमाडौं । माघ १७, नेपाल एपीएफ क्लबका ओपनर आसिफ शेखद्धारा प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशविरुद्ध शतक प्रहार गरेका छन् ।

आसिफले ११२ बलमा आफनो पिएमकपको दोस्रो शतक पूरा गरे । आसिफले दिनेश अधिकारीलाई ४० औं ओभरको तेस्रो बलमा थर्डम्यानमा कट मार्फत चौका हान्दै शतक पूरा गरेका थिए । आसिफ ११४ बलमा १० चौका र २ छक्कासहित १०७ रनमा क्रिजमा छन् ।

यसअघि आसिफ शेखले २०२२ को कर्णालीविरुद्ध नै १ सय ३६ बलमा १५ चौका र १ छक्कासहित १ सय ३० रनको शतकीय इनिङ खेलेका थिए ।

जितको लागि २०७ रनको विजयी लक्ष्य पछ्याएको एपीएफले ४० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको छ ।

 

 

प्रकाशित : 31 January, 2024

प्रतिक्रिया दिनुहोस्