टस जितेर ब्याटिङ रोजेको आर्मी गण्डकीसँग १३२ रनमा अल आउट
सहयात्रा टिभी
काठमाडौं । माघ १८, त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा खराब ब्याटिङ गर्दै गण्डकी प्रदेशलाई १३३ रनको मध्यम लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मी ३९.१ ओभरमा १३२ रनमा अल आउट भयो ।
आर्मीका ओपनर इमरान शेखले ६४ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाए ।
सोमपाल कामीले ३९ बलमा २ चौकासहित २३, सन्तोष कार्की २, भीम सार्की १०, विनोद भण्डारी १९, सन्दीप रजाली र बसिर अहमद शून्यमा आउट भए । विवेक यादव १, कुशल मल्ल १५ र साहब आलमले १२ रन बनाए ।