राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशंकर प्रसाद नियुक्त

सहयात्रा टिभी

काठमाडौं । माघ १८, सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशंकर प्रसाद चौधरीलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा उमाशंकरलाई योजना आयोगको सदस्य नियुक्त गरेको हो ।

बैठकले उद्योगमन्त्रीको नेतृत्वमा राष्ट्रिय व्यापार सहजीकरण समिति बनाएको छ भने वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गरेको छ ।

यस्तै नरदेवी आयुर्वेद चिकित्सालयको सदस्य पदमा लेखनाथ लामा र डा. शाहारा श्रेष्ठलाई नियुक्त गरिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

 

 

प्रकाशित : 1 February, 2024

प्रतिक्रिया दिनुहोस्