यस्तो छ आजको तरकारीको बजारभाउ
सहयात्रा टिभी
काठमाडाै । माघ १९, कालीमाटी बजारमा आज काउलीको भाउ घटेको छ। बिहीबार प्रतिकिलो ५० देखि ६० रूपैयाँमा कारोबार भएको लोकल काउलीको भाउ आज ४० देखि ५० रूपैयाँ तोकिएको छ। बन्दाको भाउ भने स्थिर छ। कालीमाटी फलफूत तथा तरकारी बजार विकास समितिले आज ५० देखि ६० रूपैयाँ तोकिएको छ। सुकेको प्याज, गोलभेँडा, आलु, मूला, भन्टा लगायतका तरकारीको भाउ आज स्थिर छ।
फर्सीको भाउ आज किलोमा १० रूपैयाँ बढेको छ। हिजो ७० देखि ८० रूपैयाँ प्रतिकिलोमा कारोबार भएको फर्सीको भाउ ८० देखि ९० रूपैयाँ तोकिएको छ। सागको भाउ पनि आज किलोमा १० रूपैयाँ बढेको छ। रायोको साग ५० देखि ६० रूपैयाँ तोकिएको छ। तोरीको साग ४० देखि ५० रूपैयाँ, पालूगो,चमसुर,मेथी, जिरी र सौफको सागको भाउ आज ११० देखि १२० रूपैयाँ तोकिएको छ।