रास्वपा संसदीय दलको बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौं । माघ १९, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलको बैठक बस्दै छ । बैठक शुक्रबार बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने पार्टी उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिएका छन् । संसदको हिउँदे अधिवेशन माघ २२ गतेका लागि आह्वान भएको छ ।

उक्त अधिवेशनबारे छलफल गर्नको लागि संसदीय दलको बैठक बोलाइएको उपसभापति अर्यालले बताए । यसैबीच रास्वपाले माघ २१ गतेबाट अलपत्र योजनामा दबाब यात्रा गर्ने पनि तयारी गरिरहेको छ । यस विषयमा पनि संसदीय बैठकमा छलफल हुने छ ।

प्रकाशित : 2 February, 2024

प्रतिक्रिया दिनुहोस्