भारतविरुद्ध सुपर सिक्समा नेपाललाई दोस्रो सफलता
सहयात्रा टिभी
काठमाडौं । माघ १९, नेपालले आईसीसी यू-१९ विश्वकप सुपर सिक्समा भारतविरुद्ध दोस्रो सफलता हात पारेको छ ।
नेपालले दोस्रो विकेटको रुपमा प्रियान्शु मोलियालाई १६ रनमा रन आउट गरेको हो । चौथो रन लिनेक्रममा उनी रन आउट भएका थिए ।
दीपक डुम्रेले उत्कृष्ट फिल्डिङ गदैै चौका रोक्दै आकाश चन्दलाई बल थ्रो गरेका थिए । उक्तक्रममा उनी रन आउट भए । टस जितेर पहिला ब्याटिङ रोजेको भारतले १३.२ ओभरमा २ विकेट गुमाउँदै ६१ रन बनाएको छ ।
भारतका आर्शिन कुलकर्णी २९ बलमा २ चौकासहित १८ रनमा नट आउट छन् । नेपाललाई पहिलो सफलता तीव्र गतिका बलर गुलशन झाले दिलाएका थिए ।