सरकारले प्रतिशोध साधेर उद्योगीलाई तर्साइरहेको विनोद चौधरीको आरोप

सहयात्रा टिभी

काठमाडौं । माघ १९, नेपाली कांग्रेसका सांसद तथा चौधरी ग्रुपका अध्यक्ष अर्बपति विनोद चौधरीले सरकारले प्रतिशोध साधेर उद्योगी व्यवसायीलाई तर्साइरहेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस संसदीय दलको बैठकपछि नयाँबानेश्वरको संसद भवनअघि सञ्चारकर्मीसँग कुरा गर्दै बाँसबारी जुत्ताछाला कारखानाको जग्गा प्रक्रिया संगत रुपमै किनेको दाबी गरे ।

सीजी होल्डिङ्सका अध्यक्ष तथा आफ्ना भाइ अरुण चौधरीलाई जग्गा किन्दा अनियमितता गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले फत्राउ गरेपछि उनले धेरैअघिको कुरा अहिले उठाएर उद्योगी व्यवसायीलाई त्रसित बनाउने काम भइरहेको बताए ।

 

 

प्रकाशित : 2 February, 2024

प्रतिक्रिया दिनुहोस्