नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

सहयात्रा टिभी

काठमाडौं । माघ २१, पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ मा एक जना सुनचाँदी व्यवसायीमाथि गोली प्रहार गरेर लुटपाटको प्रयास भएको छ ।

सुस्ता गाउँपालिका–१, बरुवमा रहेको पसल बन्द गरेर घर फर्किँदा बर्दघाट नगरपालिका–१६, ककुरमारा नजिकै सुनचाँदी व्यवसायी ६२ वर्षीय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको हो ।

जिल्ला प्रहरी कार्यालय, पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराका अनुसार, एक राउण्ड गोली उनको पाखुरामा लागेको छ ।

प्रहरीका अनुसार, अज्ञात व्यक्तिले पेस्तोल र खुर्पा जस्तो धारिलो हतियार देखाएर स्कुटर छाड्न भनेको थियो । छोरासहित स्कुटरमा रहेका विश्वकर्माले नछाडेपछि एक राउण्ड फायर गरेको पाइएको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित : 4 February, 2024

प्रतिक्रिया दिनुहोस्