केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संसदमा खराब कानुनहरुका विरुद्ध आक्रामक हुन्छौं: स्वर्णिम वाग्ले

सहयात्रा टिभी

काठमाडौं । माघ २१, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले सोमबारदेखि सुरु हुने संघीय संसदको बैठकमा खराब कानुनहरु विरुद्ध पार्टी आक्रामक रुपमा प्रस्तुत हुने बताएका छन् ।

 

संघीय संसदको हिउँदे अधिवेशन सोमबार सुरु हुँदैछ । आइतबार सिन्धुपाल्चोकको मेलम्ची बजारमा मेलम्ची आयोजनाको दबाब यात्राको उद्घाटन कार्यक्रममा सांसदले भने, ‘भोलिदेखि संसद सुरु हुँदैछ । त्यहाँ हामीले एउटा ठूलो तयारीका साथ खराब कानुनहरुका विरुद्ध जेहाद नै छेड्ने तयारी गरिरहेका छौं ।’

संसदमा प्रभावकारी हुनका लागि शुक्रबार लामो बैठक बसेको उनले सुनाए । वडा, पालिका, प्रदेशमा रास्वपाका जनप्रतिनिधि नभएको र संघमा सरकार बाहिर रहँदा समेत रास्वपाका सांसद नै बुलन्द रहेको उनले दाबी गरे ।

‘हाम्रो उपस्थिति भनेको संसदको त्यही २० सांसदहरुले आवाज उठाइरहेका छौं’, वाग्लेले भने, ‘जनताका मुद्धाहरु उठाइरहेका छौं । सरकारलाई जवाफदेही बनाइरहेका छौं । मन्त्रीहरुलाई र्‍याखर्‍याक्ती पारिरहेका छौं ।’

संघ र प्रदेश गरी ८८४ सांसद रहेकामा सबैभन्दा सुनिने सांसद रास्वपाका २० जना रहेको वाग्लेले दाबी गरे ।

संसदीय फाँटबाट गरिरहेको लडाइँ अब सडकमा पनि उतार्ने तयारी पार्टीले गरिरहेको उनले सुनाए । सडकको दबाब यात्राले जनतालाई दुख नदिई शान्तिपूर्ण हुने उपसभापति वाग्लेले बताए ।

 

प्रकाशित : 4 February, 2024

प्रतिक्रिया दिनुहोस्