केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पुल्चोक क्याम्पसमा १४ औं सिभिल इन्जिनियरिङ प्रदर्शनी

सहयात्रा टिभी

काठमाडौं । माघ २१, पुल्चोक क्याम्पसमा तीन दिने आधार १४ औं सिभिल इन्जिनियरिङ प्रदर्शनी सकिएको छ ।

सिभिल इन्जिनियरिङ विद्यार्थी समाज नेपाल (सस-नेपाल) को आयोजनामा शुक्रबार सुरु भएको प्रदर्शनीमा सहभागी मोडलहरुको मूल्यांकन समेत गरिएको छ ।

मोडलमा नयाँपन, सिर्जनात्मकता, उपयोगिता र प्रस्तुतिको आधारमा निर्णायक मण्डल र अवलोकनकर्ताहरुको भोटको आधारमा छनोट गरिनेछ ।

प्रदर्शनीका संयोजक संकल्प पौडेलका अनुसार विभिन्न क्याम्पसमा भएका आन्तरिक प्रतिस्पर्धामा उत्कृष्ट समूहहरुले आफ्ना नवीनतम मोडलहरु प्रदर्शनीमा राखेको बताए ।

प्रदर्शनीमा पुल्चोक क्याम्पस, ललितपुर इन्जिनियरिङ कलेज, नेपाल इन्जिनियरिङ कलेज, ख्वप इन्जिनियरिङ कलेज, एडभान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड मेनेजमेन्ट, कान्तिपुर सिटी कलेज, एक्मी इन्जिनियरिङ कलेज, थापाथली क्याम्पस, नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजीका १७ वटा समूहले विभिन्न मोडलहरु प्रदर्शनीमा राखेका छन् ।

 

 

 

प्रकाशित : 4 February, 2024

प्रतिक्रिया दिनुहोस्