माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौँ । माघ २२, नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ । बैठक सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बिहान साढे ८ बजे बस्ने छ ।

आजदेखि सुरु हुने संसदको हिउँदे अधिवेशन अघि माओवादी केन्द्रले दलको बैठक बोलाएको हो । सो बैठकमा संसदमा पार्टी कसरी प्रस्तुत हुने र विधेयकलगायत पार्टीको पोजिसनका विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित : 5 February, 2024

प्रतिक्रिया दिनुहोस्